Paschim Express
डोटीमा किरियापुत्री पक्राउ, बलात्कारको आरोप

डोटी।  डोटीमा आमाको किरिया बसेका एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा आर्दश गाउँपालिका–६ का ३८ वर्षीय लाल रैकाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक(डीएसपी) भीमलाल भट्टराईका अनुसार रैकाललाई बलात्कारको आरोपमा पक्राउ गरिएको हो ।

रैकालले ३१ भदौमा २० वर्षीया युवतीको घाँटी थिचेर जबरजस्तीकरणी गर्दै ३० हजार रुपैयाँ समेत लुटेको अभियोग लागेको डिएसपी भट्टराईले बताए । घटनापछि फरार भएका रैकाललाई आइतबार दिउँसो इलाका प्रहरी कार्यालय आर्दशको टोलीले पक्राउ गरेको हो ।

डिएसपी भट्टराईका अनुसार शनिबार राति आमाको मृत्यु भएपछि दाहसंस्कारका लागि आइतबार बिहान मात्र उनी घर आएका थिए । आमाको दाहसंस्कार सकेर किरियापुत्री बसेको अवस्थामा रैकाललाई प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update