Paschim Express
भीमदत्त राजमार्ग अवरुद्ध, बिरामी बोकेका एम्बुलेन्स पनि रोकिए 

धनगढी । सुदूरपश्चिमका सात पहाडी जिल्लालाई तराईका जिल्लासंग जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । भीमदत्त राजमार्गअन्तर्गत डोटीको घोरडी र गोगनपानीमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । 

राजमार्ग अवरुद्ध भएपछि सयौं यात्रु अलपत्र परेका छन् । बुधबार रातिदेखि नै राजमार्ग अवरुद्ध भएपछि बिरामी बोकेका एम्बुलेन्स पनि बाटोमै रोकिएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीले दुई ठाउँमा पहिरो खसेको र पन्छाउने कार्य जारी रहेको जनाएको छ । 

यस्तै डडेल्धुरादेखि डोटी जाड्ने केआईसिंह राजमार्ग भने आशिंक रुपमा सुचारु भएको छ । डडेल्धुराको रडुवामा पहिरो गएपछि उक्त राजमार्ग अवरुद्ध भएको थियो । अहिले पनि पहिरो खस्ने क्रम जारी रहेको तर आशिंक रुपमा यातायात सेवा सुचारु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update