Paschim Express
डडेल्धुरामा अमरगढी टि–२० क्रिकेट प्रतियोगिता हुने, जित्नेले एक लाख पुरुस्कार पाउने

डडेल्धुरा । डडेल्धुरामा ‘अमरगढी टि–२० क्रिकेट प्रतियोगिता’ आयोजना हुने भएको छ ।  'सम्मान–समानता आर्थिक समृद्वि डडेल्धुरा'को आयोजनामा अमरगढी नगरपालिका–४ स्थित टुँडिखेलमा यहि असोज १८ गतेदेखि उक्त प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताका विजेतालाई १ लाख नगद  र उपविजेतालाई ५०  हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । सम्मान–समानता आर्थिक समृद्विका निर्देशक विक्रम जैरुका अनुसार सर्वोष्कृट ब्याट्सम्यानलाई नगद ५ हजार, सर्वोष्कृट बलरलाई ५ हजार र प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई एक हजार प्रदान गरिने छ । उनीहरुलाई पनि ट्रफि र मेडल दिइने जैरुले बताए । 

टिम दर्ता असोज १६ गतेसम्म हुने र दर्ता शुल्क १२ हजार लाग्ने आयोजकले जनाएको छ । 

जिल्लाको कला संस्कृति र खेलकुद विकास प्रतिष्ठा वृद्विमा खेलकुदको माध्यमले सहयोग पुर्याउनका लागि प्रतियोगिता आयोजना गर्न लागेको बताइएको छ । 

461012044_1069679391482879_5858608815782732234_n-1727330340.jpg
 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update