Paschim Express
राज्यमन्त्री खड्काद्वारा डडेल्धुराका कार्यालय प्रमुखसंग छलफल

धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले डडेल्धुराका कार्यालय प्रमुखसंग छलफल गरेकी छिन् ।

जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा राज्यमन्त्री खड्काले आम नागरिकको सेवाका लागि भइरहेका र अब हुनुपर्ने सेवामूलक प्राथमिकताका बिषयमा छलफल गरेकी हुन् ।

सो क्रममा राज्यमन्त्री खड्काले सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन कार्यालय प्रमुखलाई आग्रह पनि गरेकी छिन् । 

छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चामेन्द्र न्यौपाने, तीन वटै सुरक्षा निकायका जिल्ला प्रमुखसहित विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो । छलफलपछि जिल्लाको सेवा प्रवाहलाई प्रभावकारी बनाउन तथा सुरक्षा व्यवस्थालाई चुस्त बनाउनका लागि विभिन्न निर्णय पनि गरिएको छ । 

No description available.

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update