Paschim Express
कैलालीमा करिब ११ लाखसहित व्यापारी पक्राउ

धनगढी: कैलालीको टीकापुरमा अवैध रकमसहित एक व्यापारी समातिएका छन्। सशस्त्र प्रहरीले हिजो ती व्यापारी समातिएको बताएको छ। स्रोतका अनुसार अवैध रकम र गाडीसहित समातिएका ती मानिस भारतीय व्यापारी हुन्।

अहिले नगदसहित समातिएका उनलाई सशस्त्र प्रहरीले राजस्व अनुसन्धान कार्यालय नेपालगन्जलाई बुझाउने तयारी भैरहेको सशस्त्र प्रहरी बल प्रधान कार्यालयका प्रवक्ता डिआइजी राजेन्द्र खड्काले महेन्द्रनगरपोष्टलाई जानकारी दिए।

उनका अनुसार ती व्यापारीको साथबाट करिब ३ लाख भारतीय रुपैयाँ र ७ लाख नेपाली रुपैयाँ बरामद गरिएको हो। यस्तै उनको कार पनि नियन्त्रणमा लिइएको र थप अनुसन्धान भैरहेको बताइएको छ। घटनाबारे विस्तृत विवरण खुल्न बाँकी रहेको छ।

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update