Paschim Express
देशभर बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या १४ पुग्यो, ११ जना बेपत्ता

काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

शनिबार मध्याह्न १२ बजेसम्मको तथ्यांक अनुसार, देशभर बाढीपहिरोमा परेर १४ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परेर ११ जना बेपत्ता भएका छन् ।सशस्त्र प्रहरीका अनुसार, बाढीपहिरोमा परेर भक्तपुर र काभ्रे ३-३ जनाको ज्यान गएको छ ।

यस्तै, धनकुटा र पाँचथरमा २-२ तथा काठमाडौं र ललितपुरमा १-१ जनाको मृत्यु भएको छ । यस्तै, बाढीले बगाउँदा झापा र धादिङमा १-१ जनाको मृत्यु भएको सशस्त्र प्रहरी बल एपीएफले जनाएको छ ।

बाढीपहिरोमा परेर काठमाडौं र भक्तपुरमा ४-४, धनकुटामा २ र धादिङमा १ जना गरी ११ जना बेपत्ता भएका छन् । यसैगरी, बाढीपहिरोमा फसेका १ हजार ७० जनाको सकुशल उद्धार गरिएको छ । सशस्त्र प्रहरीका अनुसार, बाढीपहिरोका कारण अहिलेसम्म देशभर १६२ घरमा क्षति पुगेको छ ।

111-1727505523.JPG

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update