Paschim Express
एनएमबी बैंक डडेल्धुराद्वारा उग्रतारा वेद विद्याश्रममा सहयोग, ६१ हजारका लुगा वितरण

डडेल्धुरा । एनएमबी बैंक डडेल्धुरा शाखाले उग्रतारा वेद विद्याश्रममा सहयोग गरेको छ । बैंकले सस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत डडेल्धुराको अमरगढी नगरपालिका–७ मा रहेको वेद विद्याश्रममा लुगा सहयोग गरिएको हो ।

एनएमबी बैंक डडेल्धुरा शाखाका व्यवस्थापक विरेन्द्र भण्डारीका अनुसार ३४ जना बटुक र सात जना शिक्षकहरुका लागि लुगा सहयोग गरिएको हो । ६१ हजारमा खरिद गरिएका ४१ सेट लुगा वितरण गरिएको व्इवस्थापक भण्डारीले जानकारी दिए । 

एनएमबी बैंक दि फिनान्सियल टाइम्स, लण्डनको “दब्यान्कर” पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि “बैंक अफदिइयर एसिया २०२१” बाट सम्मानित भइसकेको छ । बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा हाल सम्म चार पटक नेपालको उत्कृष्ट बैंकको उपाधि प्राप्त गरिसकेको छ । एनएमबी बैंकले हाल देशभर दुई सय एक शाखाहरु, एक सय ८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टमार्फत सेवा प्रदान गर्दै आएको छ।  
 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update