Paschim Express
डडेल्धुरामा स्वास्थ्य कार्यक्रमको जिल्लास्तरीय समिक्षा र योजना तर्जुमा गोष्ठी सुरु 

डडेल्धुरा । डडेल्धुरामा स्वास्थ्य कार्यक्रमको जिल्लास्तरीय समिक्षा र योजना तर्जुमा गोष्ठी सुरु भएको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको जिल्लास्तरीय वार्षीक समिक्षा तथा योजना तर्जुमा गोष्ठी जिल्ला सदरमुकाममा सुरु भएको हो ।

समिक्षा गोष्ठीका प्रमुख अतिथि सुदूरपश्चिमका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले डडेल्धुराको स्वास्थ क्षेत्रका समस्या समाधानका लागि सहयोग गर्ने प्रतिबद्धता जनाइन् । उनले जिल्लामा आवश्यक बर्थीङ सेन्टर निर्माण तथा आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउन पनि सहयोग गर्ने बताउँदै स्वास्थ्य क्षेत्रमा आउने बाधालाई सबै मिलेर निरुत्साहित गर्नुपर्नेमा जोड दिइन् । उनले जिल्लाका विभिन्न स्थानमा स्वास्थ्य शिविर संचालन गर्ने र त्यसका लागि आवश्यक सहयोग पनि प्रतिबद्धता व्यक्त गरिन् । 

कार्यक्रमका विशिष्ट अतिथि जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारीले स्वास्थ्य कार्यलयले गर्ने हरेक काममा समन्वय समितको तर्फबाट हातेमाले तथा सहयोग बताए । डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्योपानेले स्वास्थ्य क्षेत्रमा काम गर्ने संघसंस्थाको कमी रहेको बताउँदै त्यस्ता संस्था ल्याउन पहल गर्नुपर्ने बताए । स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर खगेन्द्र बलमे निर्देशनालयबाट गर्न सकिने सहयोगका लागि तयार रहेको बताए । 

जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशर साउँदको अध्यक्षतामा सुरु भएको कार्यक्रम आइतबारसम्म सञ्चालन हुने छ । गत आर्थिक वर्षका योजनाको उपलब्धिका विषयमा समिक्षासंगै अबका योजनाबारे गोष्ठीमा छलफल भइरहेको स्वास्थ्य कार्यालय डडेल्धुराका कार्यक्रम अधिकृत हरिप्रशाद भट्टले जानकारी दिए । 
 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update