Paschim Express
तीन दिन विद्यालय बन्द गर्ने सरकारको निर्णय

धनगढी । सरकारले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय तीन दिन बन्द गर्ने निर्णय गरेको हो । बाढीपहिरोले देशभर प्रभाव पारेपछि मन्त्रालयले यो निर्णय गरेको हो ।

सरकारले आइतबारदेखि मंगलबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । यसअघि काठमाडौं महानगरपालिकाले पनि तत्काल विद्यालय सञ्चालन नगर्न सूचना जारी गरेको थियो । 

शुक्रबार र शनिबार देशभर भएको वर्षाका कारण व्यापाक जनधनको क्षति भएको छ । सयौँ सडकहरू भत्एिका छन् । 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  २०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update