Paschim Express
नेपालीकाे उद्धारका लागि आज  नेपाल एयरलाइन्सको जहाज इजरायल जाँदै

काठमाडौँ: इजरायलमा रहेका नेपालीहरुलाई ल्याउन बुधबार राती नेपाल वायुसेवा निगमको वाइडबडी जहाज तेलअविव जाने भएको छ। दुबईको नियमित फ्लाइट सेड्युलमा रहेको जहाज त्यहाँ यात्रु झारेर इजरायल जान लागेको हो।

परराष्ट्रमन्त्री एनपी साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीका अनुसार इजरायलका लागि नेपाल एयरलाइन्सको जहाज आज राति ११ बजे उड्दै छ।

प्यालेस्टिनी हमास समूहको आक्रमणपछि युद्धग्रस्त बनेको इजरायलबाट दुई सयभन्दा बढी नेपाली स्वदेश फर्किन चाहेका छन्।

नेपालबाट नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको चार्टर उडान भरेर मृतकको शव तथा त्यहाँ रहेकालाई उद्धार गर्ने सरकारको तयारी छ।

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update