Paschim Express
सुदूरपश्चिममा कांग्रेसले सय दिने अभियानका लागि खटायो ४३ प्रतिनिधि, कहाँ को ?

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिमले ३२ प्रदेशसभा क्षेत्रमा ४३ जना प्रतिनिधि खटाएको छ । पार्टीको सय दिने विशेष अभियान सफल बनाउनका लागि नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश पदाधिकारीको बैठकले ४३ प्रतिनिधि खटाउने निर्णय गरेको हो ।  

प्रदेश समितिका प्रवक्ता सुरतबहादुर रावतका अनुसार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टीको सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तिव्रता दिन, विधान बमोजिम मातहतका कार्यसमितिले नियमित गर्नुपर्ने बैठक, सम्मेलन, अभिमुखीकरण, कार्यतालिका निर्माण लगायतका कार्य समयमै गर्न गराउन, अभिलेखिकरण र अभियानलाई चुस्त र प्रभावकारी बनाउन सो अभियान थालेको हो ।

पौष १६ गतेभित्र तोकिएका कार्यहरु सम्पादन गर्ने गरी नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशले पनि सो अभियान सुरु गरेको हो । 
सय दिने विशेष अभियान सफलतापूर्वक सम्पन्न गरिसकेपछि खटिएका प्रतिनिधिहरुले लिखित प्रतिवेदन नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा अनिवार्य बुझाउनसमेत निर्देशन दिइएको छ ।
 

c2

c3

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  ०९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update