
बैतडी । बैतडीको दशरथचन्द नगरपालिका –१ गुरुखोला र आसपासका क्षेत्रमा चितुवाको त्रास फैलिएको छ । शुक्रबार राति स्थानीयहरुले स्यालका लागि थापेको पासोमा चितुवा परेको थियो । उक्त चितुवा पासो चुँडालेर हिजो दिउँसो भागेको छ ।
चितुवाको बाँया खुट्टा पासोमा परेको परेको थियो । चितुवाको उद्धार गर्ने टोली आइनपुग्दै चितुवा पासो चुँडालेर भागेको हो । पासोमा परेको चितुवा भागेपछि स्थानीयहरु त्रसित भएका छन् ।
अहिले खर काट्ने समय भएकाले खरफागलाहरुमा जाँदा सतर्कता अपनाउनुपर्नेमा स्थानीयहरुले जोड दिएका छन् ।
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१ १०:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय