Paschim Express
एनपीएल : जगत टमाटा सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको टोली सुदूरपश्चिम रोयल्सले मुख्य प्रशिक्षकमा जगत टमाटालाई नियुक्त गरेको छ ।

सुदूरपश्चिमले सामाजिक सञ्जालमार्फत् टमाटालाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको छ ।

टमाटालाई टोलीमा भित्र्याउन पाउँदा निकै गर्व महसुस गरेको सुदूरपश्चिमले जनाएको छ । टमाटाले नेपालको राष्ट्रिय क्रिकेट टोलीको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

नेपाली क्रिकेटमा टमाटाको लिगेसीलाई उनको क्रिकेट प्रतिको समर्पणको आधारमा परिभाषित गर्न सकिने सुदूरपश्चिमले बताएको छ ।

दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिम टोलीमा मार्की प्लेयरका रुपमा जोडिएका छन् । ८ टोलीको सहभागीता भएको एनपीएल मंसिर १६ गतेदेखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ ।

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुन लागेको प्रतियोगिताको लागि नेपाली खेलाडीका छनोटका लागि अक्सन असोज २० गतेलाई तय गरिएको छ । सहभागी टोलीहरुले विदेशी खेलाडीलाई आफै अनुबन्ध गर्न पाउने छन् ।

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update