Paschim Express
अजयमेरु- ६ मा खुल्ला पुरुष भलिबलसँगै सांस्कृतिक कार्यक्रम हुने,  प्रथम पुरस्कार १ लाख

डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नम्बर ६ मा  खुल्ला पुरुष भलिबल प्रतियोगितासँगै सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

स्थानीय स्तरमा रहेका खेल प्रतिभालाई उजागर गरि राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुको उत्पादन गर्नुका साथै स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उ‌द्देश्यले वडा कार्यालयले ती कार्यक्रम आयोजना गर्न लागेको हो । 

वडाअध्यक्ष हरि सिंह भण्डारीका अनुसार कात्तिक ९ गतेदेखि ११ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।
उक्त प्रतियोगितामा प्रथम हुनेलाई नगद ९९ हजार ९९९, द्वितीय हुनेलाई ५५ हजार ५५५, तृतिय हुनेलाई ३३ हजार ३३३ र सान्तोना पुरुस्कार ११ हजार १११ प्रदान गरिने वडाध्यक्ष भण्डारीले बताए । ती सबै टीमलाई मेडल, प्रमाणपत्र र ट्रफि पनि प्रदान गरिने उनले बताए । 

यस्तै सर्वोष्कृट खेलाडीलाई ५ हजार ५५५, सर्वोष्कृट स्पाइकरलाई ३ हजार ३३३, सर्वोष्कृट लिफ्टरलाई ३ हजार ३३३ र सर्वोष्कृट सेटरलाई पनि ३ हजार ३३३ प्रदान गरिने आयोजकले बताएको छ ।

साथै प्रतियोगिता अवधिभर स्थानीय तथा राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुतिसमेत दिने वडाअध्यक्ष हरि सिंह भण्डारीले जानकारी दिए । 

प्रतियोगिता वडा नम्बर ६ को चेतना मावि राजुलमा सञ्चालन हुनेछ भने प्रतियोगितमा प्रवेश शुल्क ३ हजार ३३३ तोकिएको छ ।

461051527_985779353302819_3100054209260719401_n-1727867045.jpg
 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update