Paschim Express
डडेल्धुरामा दुर्घटनापछि गरिने उद्दार कार्य सम्बन्धी सेमुलेशन

डडेल्धुरा । सडक दुर्घटनाबाट हुने क्षति न्यूनिकरण तथा सडक दुर्घटनामा प्रहरी कार्य दर्शाउने उद्देश्यका साथ डडेल्धुरामा सडक दुर्घटना उद्धार नमूना अभ्यास कार्यक्रम सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५२ गुल्म हेड क्वाटर डडेल्धुराको आयोजमा डडेल्धुरा सदरमुकामस्थित बसपार्क नजिकै उक्त अभ्यास गरिएको हो । 

ठुलो जनधनको क्षति सहित हुने गरेका सडक दुर्घटनामा प्रहरीद्वारा क्षति न्यूनिकरणका लागि गरिने उद्धारका कार्यहरुको अभ्यास गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको सशस्त्रका डिएसपी साजेन्द्र श्रेष्ठले बताए । 

461826276_401934022750134_5328686534192025847_n-1727867550.jpg
 

उक्त नमूना अभ्यासमा सशस्त्र प्रहरी र प्रहरीले ट्राफिक व्यबस्थापन र घटना अनुसन्धानमा निर्वाह गर्नुपर्ने भूमिका प्रदर्शन गरिएको थियो ।

अभ्यास कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने प्रमुख अतिथि रहेका थिए भने नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी, जिल्ला सुरक्षा समितिका पदाधिकारी र विभिन्न संघसंस्थाका पदाधिकारी तथा स्थानीयहरुको समेत उपस्थिति रहेको थियो ।

460501911_3932866453662935_5248188060334859897_n-1727867549.jpg
 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update