Paschim Express
डडेल्धुरामा एकजना मृत फेला 

डडेल्धुरा । डडेल्धुरामा एकजना मृत फेला परेका छन् । जिल्लाको गन्यापधुरा गाँउपालिका–२ बस्ने अन्दाजी ३८ वर्षीय गणेशबहादुर मल्ल मृत फेला परेका हुन् । उनी बडाल जाने बाटो आमबारीमा लडेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी कुसुमबहादुर नायकले बताए । उनका अनुसार मृतकको मुखबाट रगत बगेको थियो ।

थाइराइडका बिरामी रहेका मृतक मल्लकी श्रीमती भारतमा र छोरीहरु कैलालीमा रहेको बताइएको छ । मृतकको शव पोष्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको र घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update