Paschim Express
अमरगढी टि–२० क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक, उद्घाटन भोलि

डडेल्धुरा । भोलिदेखि सुरु हुन लागेको डडेल्धुरामा ‘अमरगढी टि–२० क्रिकेट प्रतियोगिता' को ट्रफी सार्वजनिक गरिएको छ ।

  'सम्मान–समानता आर्थिक समृद्वि डडेल्धुरा'को आयोजनामा अमरगढी नगरपालिका–४ स्थित टुँडिखेलमा यहि भोलिदेखि उक्त प्रतियोगिता हुन लागेको हो । आज टुँडिखेलमै आयोजनाले ट्रफी सार्वजनिक गरेको हो ।

प्रतियोगिताका विजेतालाई १ लाख नगद  र उपविजेतालाई ५०  हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । सम्मान–समानता आर्थिक समृद्विका निर्देशक विक्रम जैरुका अनुसार सर्वोष्कृट ब्याट्सम्यानलाई नगद ५ हजार, सर्वोष्कृट बलरलाई ५ हजार र प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई एक हजार प्रदान गरिने छ । उनीहरुलाई पनि ट्रफि र मेडल दिइने जैरुले बताए । 

जिल्लाको कला संस्कृति र खेलकुद विकास प्रतिष्ठा वृद्विमा खेलकुदको माध्यमले सहयोग पुर्याउनका लागि प्रतियोगिता आयोजना गर्न लागेको बताइएको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update