Paschim Express
बझाङ केन्द्रबिन्दु भएर मध्यराति फेरि भूकम्प

बझाङ: बझाङ केन्द्रबिन्दु भएर गएराति फेरि भूकम्प गएको छ।बझाङको भाटेखोला आसपास केन्द्रबिन्दु बनाएर मध्यराति १२ बजे ५.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का बझाङसहित सुदूरपश्चिमका अन्य जिल्लामा पनि महसुस गएिको छ। मध्यराति भूकम्प जाँदा मानिसहरु त्रसित हुँदै घरबाहिर निस्किएका थिए। 

बझाङमा १६ असोजमा ६.३ रेक्टर स्केलको भूकम्प गएपछि लगातार परकम्पहरु गइरहेका छन्। १६ असोजमा गएको भूकम्पको कारण बझाङ एक जनाको मृत्यु हुनुका साथै ३० जना भन्दा धेरै घाइते भएका थिए।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  ०७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update