Paschim Express
बुडरमा मिनी ट्रक र इभि भ्यान ठोक्किए, ५ जना घाइते

डडेल्धुरा । डोटीको जोरायल गाउँपालिका–२ बुडरमा मिनी ट्रक र इभि भ्यान ठोक्किएका छन् । सोमबार बिहान डडेल्धुराबाट धनगढीतर्फ जाँदै गरेको से१ख १४०६ नम्बरको मिनी ट्रक र कैलालीको आत्तरियाबाट बैतडीतर्फ जाँदै गरेको सुपप्र ०१००१ज ०५३० इभी भ्यान एकआपसमा ठाक्किँदा दुर्घटना भएको दुर्घटना भएको हो ।

इभी भ्यानमा ११ जना सवार भएकोमा ५ जना घाइते भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ । उनीहरुको  स्वास्थ्य चाैकी छतिवनमा उपचार भइरहेको ट्राफिक कार्यालयले जनाएको छ । सबैको अवस्था सामान्य रहेको बताइएको छ । 

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update