Paschim Express
डडेल्धुरा जिल्लास्तरीय महिला भलिबलकाे उपाधि परशुरामले जित्यो, आलिताल उपविजेता

डडेल्धुरा । डडेल्धुरा जिल्लास्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि परशुराम नगरपालिकाले जितेको छ । सोमबार भएको फाइनल खेलमा आलिताल गाउँपालिकालाई २-१ को सेटले पराजित गर्दै परशुराम नगरपालिका च्याम्पियन भएको हो ।

विजेता भएसंगै परशुरामले नगद ५१ हजार १११ तथा ट्राफिक, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने आलिताल गाउँपालिकाले २५ हजार १११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । यस्तै प्रतियोगितामा भागेश्वर गाउँपालिका तेस्रो भएको छ । उसले १५ हजार १११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

भलिबल संघ डडेल्धुराको आयोजनामा जिल्ला सदरमुकाममा भएको प्रतियोगिताको समापन कार्यक्रम जिल्ला अध्यक्ष राजेन्द्र ठगुन्नाको अध्यक्षता तथा सुदूरपश्चिमका सामाजिक विमास राज्यमन्त्री प्रमुख अतिथि सरस्वती खड्काको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्दै राज्यमन्त्री खड्काले डडेल्धुरामा महिला भलिबल भएकाेमा खुसी व्यक्त गरिन । खेल क्षेत्रमा महिलाहरूकाे राम्रो भबिष्य रहेकाे बताउँदै उनले खेल क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने बताइन् ।

यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिएको छ । भलिबल संघका जिल्ला अध्यक्ष ठगुन्नाका अनुसार प्रतियोगिताको उत्कृष्ट खेलाडी परशुरामकी सिर्जना दमाई भएकी छिन् । यस्तै बेष्ट स्पाकर आरति बिक, बेष्ट डिफेन्स अस्मिता गाहा (आलिताल ), उदयमान खेलाडी सिर्जना शाही (भागेश्वर), बेष्ट सेटर पार्वती माल (परशुराम) भएकी छिन् । प्रतियोगितामा डडेल्धुरा जिल्लाका ७ वटै स्थानीय तहकाे सहभागीता रहेको थियो ।

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update