काठमाडौं: इजरायलमा रहेका नेपालीको उद्धार गर्न परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
गएराति इजरायल उड्ने भनिएको नेपाल एयरलाइन्सको जहाज आज बिहान ४ बजे इजरायल प्रस्थान गरेको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ । उक्त जहाजले इजरायलमा उद्धार पर्खिरहेका विद्यार्थीलाई स्वदेश ल्याउनेछ ।
सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको हवाई खर्च बेहोर्ने छ । इजरायलमा मृत्यु भएका १० नेपाली विद्यार्थीको शव भने तत्काल नआउने भएको छ ।
प्यालेस्टाइनी लडाकु समूह हमासले शनिबार इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा परि १० जना नेपालीको ज्यान गएको छ। चार जना घाइते भएका छन् र एक जना अझै सम्पर्कविहीन छन् ।
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८० ०७:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय