Paschim Express
बोरामा राखेर फालिएको अवस्थामा डडेल्धुराको पोखरा बजारमा आरतीको शव फेला

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका-७ पोखरा बजारमा एक किशोरीको शवको फेला परेको छ । सोही ठाउँकी १४ वर्षीया आरती भट्टराईको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक उपेन्द्र बमले बताए । 

हिजो शुक्रबार राति ९ बजेपछि अज्ञात व्यक्तिले प्लास्टिकको बोरामा राखेर शव फ्याँकेर गएको बुझिएको छ । स्थानीयले बलात्कारपछि हत्या गरेर शव फ्याँकिएको आशंका गरेका छन् । राति मोटरसाइकलमा आएका व्यक्तिले शव फ्याँकेको स्थानीयको भनाई छ ।

 तर, प्रहरीले भने अनुसन्धानपछि मात्रै विस्तृत खुल्ने बताइएको छ । प्रहरीले आरतीको शरीरमा कुनै चोटपटक नदेखिएको बताएको छ । 

डडेल्धुरा प्रहरीले अनुसन्धानका लागि शंकास्पद एक व्यक्तिलाई पक्राउ गरेको छ  ।  तर, उनको परिचय भने खुलाएको छैन ।

प्रहरीले आज बिहान शव उठाएर पोष्टमार्टमका लागि डडेल्धुरा अस्पताल पठाएको छ ।

प्रकाशित मिति: शनिबार, असोज २६, २०८१  ०८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update