Paschim Express
एमाले सुदूरपश्चिममा सर्वसम्मतमा पदाधिकारी चयन,  अध्यक्ष बने जैसी

धनगढीः नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका पदाधिकारी सर्वसम्मत चयन भएका छन् । एमालेको प्रदेश अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी, उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द, उपसचिवमा कञ्चनपुरका नरबहादुर बिक र कैलालीकी भागरथी विष्ट सर्वसम्मत भएका हुन् ।

उपाध्यक्षमा शाही हिजो नै सर्वसम्मत भए पनि अन्य पदमा भने आज सहमति भएका एमालेले बताएको छ । अध्यक्षमा भरत साउँदले उम्मेदवारी फिर्ता लिँदा जैशी सर्वसम्मत भएका हुन् भने महिला उपसचिवमा कन्दकला रानाले उम्मेदवारी फिर्ता लिएपछि विस्ट सर्वसम्मत भएकी हुन् ।

यसअघि आजै सचिवमा रतन रेग्मी फिर्ता लिँदा चन्द र अशोक चन्दले फिर्ता लिँदा बिक सर्वसम्मत भएका हुन् ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update