Paschim Express
राज्यमन्त्री खड्काले भेटिन् डडेल्धुरा बस दुर्घटनाका घाइते

डडेल्धुरा । सुदूरपश्चिमका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले डडेल्धुरामा बस दुर्घटनाका घाइतेलाई भेटेकी छिन् । डडेल्धुरा अस्पतालमा उपचाररत घाइतेलाई राज्यमन्त्री खड्काले भेटेकी हुन् ।

दुर्घटनामा १२ जना घाइते भएका थिए । अहिले भने सबै घाइतेलाई धनगढी रेफर गरिएको छ ।
कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडीका लागि छुटेको पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको बस राति डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा दुर्घटना भएको थियो । दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक उपेन्द्र बलमे बैतडीको पुर्चौडी नगरपालिका–१० की ६० वर्षीया गोवणी महरा, पुर्चौडी–३ बस्ने ४५ वर्षीय जैमती बोहरा, दुई दिनका नाबालक, २२ वर्षीय सहदेव बोहरा र २१ वर्षीया कमला बोहराको घटनास्थलमै मृत्यु भएको हो ।

बस सडकबाट झण्डै तीन सय मिटर खसेर पोखरा–बेलापुर सडकमा परेको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । दुर्घटनामा परी अन्य पनि बेपत्ता भएको आशंकमा प्रहरीले खोजी कार्य जारी राखेको छ ।

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update