Paschim Express
डडेल्धुरामा मनाइयो प्रहरी दिवस, अमर प्रहरीका परिवारलाई सम्मान

डडेल्धुरा । डडेल्धुरामा पनि प्रहरी दिवस मनाइएको छ । ६९औं प्रहरी दिवसको अवसरमा श्रद्धाञ्जली तथा सम्मान कार्यक्रम गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराको आयोजनामा भएको कार्यक्रममा पूर्वप्रहरी संगठनका पदाधिकारी, अमर प्रहरीका आश्रित परिवार, अशक्त पूर्वप्रहरी तथा पूर्वप्रहरी र प्रहरी कर्मचारीहको उपस्थिति रहेको थियो । उक्त अवसरमा अमर प्रहरीका आश्रित परिवारलाई कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला प्रहरी कार्यालय प्रमुख, प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले कदरपत्र प्रदान गरेका छन् ।

अमर प्रहरी स्मारकमा पुष्प हार र पुष्प गुच्छा अर्पण गरिएको थियो भने अमर प्रहरीप्रति शोक सलामी अर्पण पनि गरिएको थियो । कार्यक्रममा प्रहरी निरीक्षक डम्बर बिष्टले प्रहरी दिवसका अवसरमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको शुभकामना सन्देश बाचन गरेका थिए ।

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update