Paschim Express
डडेल्धुरामा ‘जय भुवन कप–२’ क्रिकेट प्रतियोगिता हुँदै

डडेल्धुरा । डडेल्धुरामा ‘जय भुवन कप–२’ जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता हने भएको छ । जय भुवक युवा क्लब एरोडाले यहि कात्तिक १२ देखि १६ गतेसम्म नवदुर्गा गाउँपालिका–१ कोटेलीको एरोडा खेलमैदानमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । 

क्लबका अध्यक्ष किरन ऐरका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले ८७ हजार रुपैयाँ र द्धितिय हुने टिमले ४७  हजार रुपैयाँ तथा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उनले खेल अवधिभर उत्कृष्ट हुने ब्याटस् म्यान, बलर र खेलाडीलाई पनि ट्रफिका साथै पुरुस्कार दिइने बताए । 

टीममा जिल्ला बाहिरका ४ जना खेलाडी मात्रै राख्न पाइने उनले बताए । कात्तिक ९ गतेसम्म टीम दर्ता गरिसक्नुपर्ने र दर्ता शुल्क १० हजार तोकिएको आयोजकले जनाएको छ ।

462536139_574766941744948_8299516664352360053_n-1729241263.jpg
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update