Paschim Express
बैतडीमा अटो दुर्घटना हुँदा गर्भवतीसहित चार जना घाइते

बैतडी ।  बैतडीमा अटो दुर्घटना भएको छ ।

जिल्लाको दोगडाकेदार गाउँपालिका–३ खोचलेक नजिकै सुदूरपश्चिम प्रदेश ०१००१ ह ६०७० नम्बरको अटो शुक्रबार दिउँसो दुर्घटना भएको हो। अटो अनियन्त्रित भएर सडकबाट एक सय मिटर तल खसेको छ । सिल्लेगडाबाट खोचलेकतर्फ जाँदै गरेको अटो दुर्घटना हुँदा गर्भवतीसहित चारजना घाइते भएका छन् ।

दोगडाकेदर गाउँपालिका–२ की २५ वर्षीया पार्वती जोशी, ४५ बर्षीया बसन्ती जोशी, २५ बर्षीया राजेन्द्र भाट र पुर्चौडी नगरपालिका–९ का २० बर्षीया हिरा सार्की घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए । घाइतेमध्ये पार्वती जोशी गर्भवती रहेको खुलेको छ ।

घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । अटो चालक दार्चुलाको शैल्यशिखर नगरपालिका–९ का २२ बर्षीय उमेश साउँदलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update