Paschim Express
इजरायलबाट २५३ जना नेपाली विद्यार्थी  नेपाल फिर्ता आउँदै

काठमाण्डाै‌ । २ सय ५३ जना नेपाली विद्यार्थी बोकेको नेपाल एयरलायन्सको वाइडबडी जहाज इजरायलबाट उडेको छ । इजरायली समय अनुसार १:३० अर्थात नेपाली समय अनुसार ४:५५ बजेतिर विमान उडेको नेपाली विद्यार्थीहरूले जनाएका छन् । 


सुदूरपश्चिम विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयका २५३ जना विद्यार्थी बोकेको जहाज नेपालका लागि उडेको हो ।


उनीहरूलाई लिनका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैँ इजरायल पुगेका छन् । इजरायल र गाजाबीचको युद्धका कारण कृषि क्षेत्रमा इन्टर गर्न पुगेका विद्यार्थीहरू स्वदेश फर्किन लागेका हुन् । 
उक्त विमान आजै राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

Untitled-1697111579.jpg नेपाली विद्यार्थी लिन इजरायल पुगेका परराष्ट्रमन्त्री साउँदलाई इजरायली विदेश मन्त्रालयका उच्च अधिकारीहरूले स्वागत गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update