Paschim Express
डोटीबाट विजयी सांसद प्रेम आलेले छोडे एकीकृत समाजबादी

डडेल्धुरा । नेकपा एकीकृत समाजवादी (एस) का नेता तथा प्रतिनिधिसभा सदस्य प्रेम आलेले पार्टी छोडिएको बताएका छन् । उनले एसको महाधिवेशनबाटै पार्टी छोड्ने मनसाय बनाइसकेको बताउँदै अहिले पार्टी छोडिसकेको बताएका हुन् । 

`मैले पार्टी छोड्नेनै भएर महाधिवेशन बहिष्कार गरेको थिए,´ उनले भने, `अहिले पार्टी पूर्ण रुपमा छोडिसकेको छु ।´ अबको गन्तव्यबारे भने अहिले नै टुंगो नलगाएको आलेले बताए । `नेकपा एकीकृत समाजबादी छोडिसके पनि अब कुन पार्टीमा जाने भन्ने विषयमा धारणा बनाएको छैन,´ उनले भने ।

आले एसको तर्फबाट उम्मेदवार हुँदै डोटीबाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका हुन् । उनलाई नेपाली काङ्ग्रेसले सघाएको थियो । उनी एमाले फुटेर समाजबादी बन्दा प्रमुख भूमिकामा थिए । तर, एस छोडेका आलेले एमालेमा भने नजाने दाबी गरेका छन् । 

गत असारमा एसको महाधिवेशन नै बहिष्कार गरेर आले घुमघामका लागि दक्षिण भारत पुगेका थिए ।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update