Paschim Express
डडेल्धुराका एक व्यवसायी हिजोदेखि बेपत्ता, महाकाली किनारमा भेटियो कपडा

डडेल्धुरा । डडेल्धुराका एक व्यवसायी बेपत्ता भएका छन् । हिजो (सोमबार) बिहानबाट  परशुराम नगरपालिका– ५ परीगाउँका व्यवसायी अन्दाजी ५३ वर्षीय खेम सिंंह प्वाली बेपत्ता भएका हुन् ।

उनको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ । खोजी गर्ने क्रममा बेपत्ता प्वालीले लगाएको कपडा परीगाउँस्थित महाकाली नदी किनारमा फेला परेको प्रहरी जनाएको छ ।

उनले नदीमा हामफालेको आशंका रहेकाले सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा प्रहरीले खोजी कार्य तिव्र पारेको बताएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update