डडेल्धुरा । सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न कार्यालयका प्रमुखसहित कर्मचारीको सरुवा गरेको छ ।
बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सचिवस्तरीय निर्णयबाट कर्मचारीको सरुवा गरेको हो । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले दिएको जानकारीअनुसार इन्जिनियरङ सेवाका चार, वन सेवाका चार, स्वास्थ्य सेवाका एक, प्रशासन सेवातर्फ सातौं र आठौं तहका सात, प्रशासन सेवातर्फ चौथो, पाँचौ र छैठौं तहका २८ गरी ४४ जना कर्मचारीको सरुवा गरिएको हो ।
जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय डडेल्धुराका प्रमुख रामरथ खरेलको दार्चुला सरुवा भएको छ उनको स्थानमा जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय कैलालीका प्रमुख रहेका अमरबहादुर पाल आउने भएका छन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१ ०७:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय