डडेल्धुरा । सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न कार्यालयका प्रमुखसहित कर्मचारीको सरुवा गरेको छ । बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सचिवस्तरीय निर्णयबाट कर्मचारीको सरुवा गरेको हो ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले दिएको जानकारीअनुसार इन्जिनियरङ सेवाका चार, वन सेवाका चार, स्वास्थ्य सेवाका एक, प्रशासन सेवातर्फ सातौं र आठौं तहका सात, प्रशासन सेवातर्फ चौथो, पाँचौ र छैठौं तहका २८ गरी ४४ जना कर्मचारीको सरुवा गरिएको हो ।
यस्तै वन सेवातर्फ डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीमप्रसाद कँडेलको डडेल्धुरा सरुवा भएको छ । डडेल्धुरामा डिभिजन वन अधिकृतको पद लामो समयदेखि रिक्त रहेको थियो । सुरेशचन्द्र डिसी निमित्त कार्यालय प्रमुखको रुपमा कार्यरत थिए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१ ०७:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय