Paschim Express
बैतडीको पाटन नयाँ सहर : तयार भए १३ संरचना, बस्लान् त एक लाख जनता ?

बैतडी । बैतडीको पाटनमा नयाँ सहर बनाउने योजनाअनुसार ३८ करोडका १३ वटा संरचना निर्माण भएका छन् । चालु आर्थिक वर्षमा थप १३ करोड ५० लाख रुपैयाँ खर्च हुने बताइएको छ ।   

०६८ सालदेखि निर्माण सुरु भएको पाटन नयाँ सहर आयोजनाले हालसम्म बसपार्क, खुलामञ्च, स्वागतद्वार, बजार क्षेत्रको बाटो, खोड्पेमा शीतभण्डार, ज्याफूमा तरकारी सङ्कलन केन्द्र, पाटनमा कभर्ड हल, हिरापुर मनोरञ्जन पार्क, मटे–अनारखोली कुक्कौ सडक, चुच्चाई–खोल्सी सडक, बेडौती–गुजर सडक, खोड्पे–सल्लेबासा सडक र नयाँ सहर आयोजनाको आफ्नै कार्यालय भवन गरी १३ वटा संरचना निर्माण गरिएको छ । 

एक लाख नागरिकको बसोबास गर्ने लक्ष्य राखेर निर्माण सुरु भएको नयाँ सहर आयोजनामा जनशक्ति र बजेट अभावका कारण लक्ष्यभित्र काम सम्पन्न हुन सकिरहेको छैन । ०९० भित्र व्यवस्थित सहरीकरण भई एक लाख नागरिक बस्ने अपेक्षा अनुसार ०६८ सालदेखि नयाँ सहरको काम अघि बढेको थियो । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  ०८:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update