Paschim Express
बझाङ केन्द्रबिन्दु बनाएर ५१३ परकम्पन 

बझाङ ।  असोज १६ गते बझाङ सदरमुकाम चैनपुर केन्द्रबिन्दु बनाएर गएको ६.३ रेक्टर स्केलको भूकम्पपछि त्यो क्षेत्रमा केन्द्रबिन्दु बनाएर ५१३ वटा पराकम्पन गएको भूकम्प राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

बझाङ सदरमुकाम चैनपुर, मष्टा, तल्कोट तथा छबिसपाथिभेरा गाउँपालिकामा केन्द्रबिन्दु बनाएर एक साताको अवधिमा मात्र ५१३ पटक भूकम्पका पराकम्पन गएका बताइएको छ । 

भुकम्पबिद लोकमणी अधिकारीले झण्डै ५ सय वर्षयता पश्चिम नेपालमा भूकम्प नगएको र ठुलो शक्ति सञ्चित भएर बसेका भूकम्पसम्बन्धी विभिन्न अध्ययनले देखाएकाले भूकम्प जत्तिखेर पनि आउनसक्ने भएकाले सबैले सुरक्षित रहनुपर्ने बताए ।

 सामान्यतया दुई–तीन महिनासम्म भूकम्पका पराकम्पन नरोकिने र ठुलो भूकम्पको समेत जोखिम रहेकाले यसको सबैभन्दा बढी सुरक्षित रहनुपर्ने बताए ।  दुई रेक्टरस्केल मात्र बढी हुँदा त्यसले एक हजार गुना बढी कम्पन हुनेहुँदा सबैले सुरक्षित रहने उपायका साथै अब बन्ने संरचना भवनसंहिता ऐनअनुसार तथा भूकम्पमैत्री बनाउन जोड दिन सबैलाई आग्रह समेत गरे । 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले बझाङ जिल्लाका विभिन्न ४ वटा ठाउँमा भूकम्प मापनका लागि सिस्मोमिटर समेत जडान गरेको छ । जिल्लाको तल्कोट, दौलिचौर दुर्गाथली र चैनपुरमा सिस्मोमिटर जडानगरी भूकम्पबारेमा अध्ययन अनुसन्धान गर्न समेत सहज हुने बताइएको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  ०८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update