डडेल्धुरा । गृह मन्त्रालय १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)सहित २७ कर्मचारीको सरुवा गरेकाे छ । मन्त्रालयले शुक्रवार विभिन्न जिल्लासहित मन्त्रालयका अधिकारीहरूको सरुवा गरेको हो ।
जसअन्तर्गत डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालको जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सरुवा भएको छ । उनको ठाउँमा इलाका प्रशासन कार्यालय, बुटवलबाट मोहनाज जाशी आउने भएका छन् ।
यस्तै बैतडीका प्रमुख जिल्ला अधिकारी भीमाकान्त शर्माको जिल्ला प्रशासन कार्यालय डोटीमा सहायक प्रमुख जिल्ला अधिकारी हुनेगरी सरुवा भएको छ । बैतडीमा उपसचिव दिर्घराज उपाध्याय आउने भएका छन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१ १५:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय