Paschim Express
भारतमा आतंकवादको खतरा रहेको भन्दै क्यानडाले जारी गर्‍यो ट्राभल एडभाइजरी

काठमाडौं । क्यानडाले भारत भ्रमण गर्दा अत्यधिक सावधानी अपनाउन आफ्ना नागरिकहरुलाई आग्रह गरेको छ ।

भारतसँग तनाव बढिरहेका बेला ट्राभल एडभाइजरी जारी गर्दै क्यानडाले अप्रत्याशित सुरक्षा स्थितिका कारण भ्रमणमा सावधानी अपनाउन भनेको हो ।


मंगलबार जारी ट्राभल एडभाइजरीमा लेखिएको छ, ‘जम्मु कश्मिरमा आतंकवाद, उग्रवाद, अशान्ति र अपहरणको खतरा छ ।’ भारतका गुजरात, पन्जाब, राजस्थान र पाकिस्तानसँग सिमाना जोडिएका क्षेत्रमा नजान पनि क्यानडाले आफ्ना नागरिकहरुलाई भनेको छ ।

गत सोमबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतीय एजेन्टले गत जुन महिनामा क्यानडाको ब्रिटिश कोलम्बिया क्षेत्रमा शिख समुदायका नेता हरदीप सिंह निज्जरको हत्या गरेको अभिव्यक्ति दिएपछि दुई देशबीच तनाव बढेको छ ।

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update