Paschim Express
राति बझाङमा फेरि भूकम्पको धक्का 

काठमाडौं । बझाङमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ । गएराति बझाङ र बागलुङमा भूकम्प गएको हो ।

बागलुङमा गएराति १२ बजेर ३१ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बझाङमा १ः५१ बजे ५.० म्याग्निच्युडको भूकम्प गएको केन्द्रले बताएको छ ।

बझाङको चैनपुर केन्द्रबिन्दु भएर गत मंगलबार ६.३ म्याग्निट्यूडको भूकम्प गएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  ०९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update