काठमाडाैं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सरउपचारनिःशुल्क गर्ने निर्णय गरेका छन् । मन्त्री पौडेलले आइतबारमन्त्रीस्तरीय बैठकबाट कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुरक्यान्सरअस्पताल भक्तपुररबिपी कोइराला मेमोरियल क्यान्सरअस्पताल भरतपुरचितवनबाट बालबालिकाको क्यान्सरको निःशुल्क उपचारगर्ने निर्णय गरेका हुन् ।
मन्त्री पौडेलको सचिवालयका अनुसारनिःशुल्क उपचारहुने उक्त व्यवस्था मंसिर१ गतेबाट लागु हुनेछ । धेरै धनराशि खर्च हुने क्यान्सरउपचारलाई निःशुल्क बनाउने नीति मन्त्रालयले लिएको छ । मन्त्री पौडेलले आफू मन्त्रालयमा पदबहाली गरेलगत्तै बालबालिकाको क्यान्सरउपचारसेवा निःशुल्क बनाउन पहल थालेका थिए । हाल यो व्यवस्था बालबालिकाबाट सुरु गर्ने नीति उनले लिएका हुन् ।
नेपालमा हुने कुल मृत्युमध्ये दुई तिहाइभन्दा बढी ७१ प्रतिशत नसर्ने रोगका कारण हुने गरेको छ। त्यसमध्ये ११ प्रतिशतको क्यान्सरका कारण ज्यान जाने गरेको मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाद्वारा सार्वजनिक तथ्यांकमा उल्लेख छ ।
नेपालमा सन् २०२२ मा क्यान्सरका २२ हजारनयाँ बिरामी देखिएकोमा १४ हजार बढीले ज्यान गुमाएको पाइएको छ । नेपालमा हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सरदेखिने गरेको छ । क्यान्सरपीडित बालबालिकालाई परिवारको आर्थिक अभावकै कारण मृत्युको मुखमा पर्न नदिन रसमयमै उपचारगरेरज्यान बचाउन उपचारनिःशुल्क बनाउने निर्णय गरिएको मन्त्री पौडेलले बताए ।