Paschim Express
‘दुई युग’ बाँच्नेहरुको कथा

डडेल्धुरा : जातीय विभेदको क्रुर काल भोगेका कालु टमटाको बुझाइमा उनी ‘दुइ युग’सँगै बाँचे । एक शताब्दी अघिका दलितको सामाजिक स्थिति कस्तो होला ? अहिलेको पुस्ता कल्पना पनि गर्न सक्दैन । तर कालु टमटा त्यही क्रुर युगमा जन्मिएर हुर्किएका मात्र होइनन त्यो नारकीय जीवनका जीवन्त पात्र पनि हुन । Dalit-Story-1697174716.jpg
‘दुवै कालखण्डको तुलना गर्दा अहिलेको समय स्वर्ग हो हामिले त्यो वेला भोगेको युग नर्क हो ।’ आफ्नो उमेर कति भयो थाहा नभएका टमटाले भने ‘उनी वुढा मालिक स्वर्गे हुँदा १३ बर्षका थे’ बुवासँग पिल्कोट जांदै थिए उनले आफ्नै भाषामा भने ‘ह्यांवठै डाको लायो मालिक स्वर्गे भया फर्क भणिवर फर्केर आया’ । हिसाब गर्दा उनी १०३ बर्षका भए । 
यस पटक डडेल्धुराको भागेश्वर गाउँपालिकाले घरमै पुगेर दोसल्ला ओढाएर उन्को सम्मान गरेपछि आँसु झार्दै कालुले भने ‘सायद यो दिन देख्न मात्र म यति धेरै बाँचेको हँु कि ?’
‘बाटोमा हिंड्दा पनि जात अनुसारको सम्मान दिएर बाटो छोड्नु पर्ने, जात अनुसारको ‘जदौ’ गर्नुपर्ने, कुन जातीसँग कसरी बोल्ने ? अलिकति पनि त्रुटी भयो भने कडा सजाय हुन्थ्यो । बुवाआमाले बच्चा बोल्ने बुझ्ने उन थाल्यो भने सबैभन्दा पहिले मलित (माथिल्लो जातीका)सँग कस्तो ब्यबहार गर्ने भनेर सिकाउँने चलन थियो ।dalit-1-1697174206.jpeg

१०३ बर्षिय कालु टमटालाई घरमै पुगेर सम्मान गर्दै भागेश्वर गाउँपालिका ४ का वडा अध्यक्ष वसन्त चटौत ।

स्कुल जाने पढ्ने त कल्पना भन्दा बाहिरको बिषय थियो कालु बिगत सम्झंदै भन्छन् ‘मल्लो जातीका मान्छेको निगाहमा मर्नु र वाँच्नु थियो । न जग्गा जमिन न सम्पत्ति, मथिल्लो जातकाले निगाह गरेर दिएको जग्गामा झुपडी वनाउनु पर्ने, उनीहरुले दिए भने साँझको चुल्हो जल्थ्यो । ठ्याक्कै दाम्लाले वाँधेका पशु जस्तो जीवन ।’ 
पशुजस्तै बाँधेर राख्ने बाहेक अरु सबै पशु भन्दा फरक व्यबहार थिएन दलितसँग उनले भने ‘सुनाउन जस्तो केही छंदैछैन के सुनाउनु ।’ म धेरै कालो भएकाले मेरो नाम भालु टमटा राखियो । ‘भालु जस्तै कालो रैछ आउने जानेले बुवालाई भन्थे अरे ए तैंले त भालु जन्माईस भन्दाभन्दै मेरो नाम भालु टमटा भयो । धेरै पछि आएर नागरिकता बनाउँदा जान्ने सुन्ने हाकिम रैछन उनले भालुको सट्टा कालु लेखिदिएपछि म भालुवाट कालु भए’ । 
मलितका लागि बनेको पानी पधेरोंवाट बगेर जाने पानी दलितले प्रयोग गर्थे । पानीको निकै समस्या हुन्थ्यो । खानेपानी पनि मलितको निगाहमा भर पथ्र्यो , उनीहरुले दिए भने पानी मिल्यो दिएन् भने ४, ५ घण्टा हिँडेर कुनै खोलाबाट पानी ल्याउनु पर्ने ।

दलित भित्र पनि बिश्वकर्मा समुदायले छोएको पानी सार्कीले नखाने , सार्किले छोएको दमाईले नखाने, दमाईले छोएको अरुले नखाने । ‘दुइ युग’ बाँचेका अर्का ८४ बर्षिय लक्षी दमाई भन्छन् ‘मथिल्लो जातकालाई छुन नहुने, उनीहरुसँग हिंड्न नहुने , दलितको छायाँ पनि माथिल्लो जातकोलाई प¥यो भने पाप मानिने युगमा कस्तो जीवन थियो होला ?’ 
झण्डै ४० बर्षको हुँदासम्म मैले कसै मलितलाई छोएको सम्झना छैन, मलित भएको लाईनमा बसेको पनि सम्झना छैन् । उनले सम्झंदै भने ‘बिरामी हुँदा वैद्यले नाडी छामेर औषधी दिएपछि उनले नुहाएर शरिरमा सुन तुलसी पानी छर्केको देखेको सम्झना अहिले पनि ताजै छ ।’ 
दलितले गल्ती ग¥यो भने पहिले त गाउँ निकाला नै हुन्थ्यो, गाउँ निकालाबाट जोगियो भने पनि पशु सरह यातना दिनु सामान्य कुरा थियो लक्षी भन्छन् ‘बर्षभरि मालिकको कपडा सिउँने सिजनमा उनले दिएको खलोबाट गुजारा गर्नु बाहेक अरु विकल्प नै थिएन ।’ dalit-2-1697174482.jpg

८४ नाघेका डडेल्धुरा डुंगरीका लक्षी दमाई । 

हिँड्दै गर्दा कुटीनु, पिटीनु, मारिनु, मलितले बोल्दा हरेक शब्दमा अत्यन्त लज्जाजनक गाली खानु, मलितले अहएको काम जस्तो सुकै कठीन भएपनि गर्र्ने पर्ने बाध्यता सामान्य कुरा थिए । दलितका लागि छुट्टै पानी पंघेरो वन्न सुरु भएको २०२० साल पछि मात्र हो ।
कानुनमा छुवाछुतको अन्त्य गरिएपछि दलितका लागि पानीका पधेंरा बन्न सुरु भएका हुन् । बझाङ्गबाट कञ्चनपुर बसाई सरेका कृष्णपुरका हर्क दमाई अहिले सामाजिक अपमान नभएपनि अवस्थामा धेरै सुधार आएको ठान्दैनन् । पहाडमा पानी पधेंरो अलग छ, मुर्दा पोल्ने घाट अलग छन्, पूजा गरिने देवीदेउवा सेमत मलित र दलितका बेग्लाबेग्लै छन् उनले भने ‘फरक यति मात्र हो हामि हुर्कंदा युवा हुँदा हाम्रो जीवन मलितको हातमा थियो अहिले ८० पार गर्दा नगर्दै दलितले गरिखाने वातावरण पाएका छन् ।’
जातीय छुवाछुतले युगौंसम्म पिल्सीएका सुदूर पहाडका दलित समुदायमा अहिले भने धेरै परिवर्तन आइसकेको छ । ४० बर्ष अघि दलितले भोगेका कथा अहिले जन्मेका लागि किंवदन्ती सरह भएका छन् । 
प्राय अधिकांस दलित समुदायका गाउँमा घर घरमा पानीका धारा छन् । पानीमा बिभेद हटेको छ । धेरै ठाउँमा त पानीका चौकीदार नै दलित समुदायबाट छन् । शिक्षा, स्वास्थ्य, रोजगारमा दलितको पहुँच निकै बढेको छ । सामाजिक कुरीतिका कारण पछाडी पर्ने समस्याबाट दलितले मुक्ति पाएका छन् ।
छुवाछुत र पशु सरह ब्यबहारको अहिले कल्पना पनि गर्न सकिदैन शिक्षक दौलत टमटा भन्छन् ‘मेरा बुवा बाजेले दलित भएकै कारण जान नपाएको बिद्यालयमा म शिक्षक भएको छु । म जस्ता धेरै शिक्षक कर्मचारी, प्रशासक, प्रहरी, सेना र राजनैतिक नेतृत्वमा पुग्ने मौका पाएका छन ।’ 
मौलिक संस्कृतिका नाममा अझै पनि धेरै कुरिती बाँकि छन् तर युगौं देखि बनेका बिभेदका यि पर्खाल बिस्तारै भत्कीन्छन् उनले भने ‘४०, ५० बर्षकै अवधिमा समाज यति धेरै परिवर्तन भयो कि बुवाले सानोमा भोगेका कुरा मेरा लागि कथा जस्ता भएका छन् ।

पत्याउने कि नपत्याउने ?’ हिजो के भयो संस्कृतिका नाममा ति दूर्भाग्यपूर्ण दिन भोग्ने धेरै जिवित छन् शिक्षक टमटा भन्छन ‘हामि पछिल्लो पुस्ताका लागि ‘दुइ युग’को भारि बोकेर बाँच्नुपर्ने बाध्यता भने हटेको छ ।’
गाउँघरमा दलित र मलितबिच बिहेवारीमा निम्ता दिने, दान दक्षिणा दिने , एकएकालाई सम्मान दिने चलन सुरु भइसकेको छ उनी भन्छन ‘वरु दलित भित्रै अन्तरजातीय छुवाछुत कायम नै छ त्यो दुर्भाग्यपूर्ण हो ।’ 
समाजिक तथा राजनैतिक क्षेत्रमा पछिल्लो समय दलितको शसक्त उपस्थिति बढेको छ । स्थानीयतह देखि संघसम्म धेरै दलितहरुको प्रतिनिधित्व रहेको छ दलित नेता सन्तोष जैरु भन्छन् ‘संबिधान र कानुनले दलितलाई समान बनाएपनि दलितका आर्थिक विकासका स्रोतमा सिमिति ब्यक्तिहरुको कब्जाले समस्या रहेको देखिएको छ । राज्यले प्रदान गर्ने सेवा सुविधा हुनेखाने दलित बाहेक तल्लो तहमा पुग्न नसक्दा समस्या भएको हो उनले भने ’सुदूरपश्चिमको कुल जनसंख्याको १९ प्रतिशत दलित समुदाय छ ।dalit-3-1697174530.jpg

बझाङ्गबाट कृष्णपुर बसाई सरेका ८७ बर्षिय हर्क दमाई  । तस्वीर सबै : डीआर पन्त

जो राजनेतिक रुपमा निर्णायक जनसंख्या हो दलित समुदायका लागि राज्यले खर्चिरहेको साधन स्रोत अनुरुप सामाजिक आर्थिक विकास हुन सकेको भने छैन ।’ अहिले पनि समाजमा दुइ खाले दलित छन् सन्तोष भन्छन ‘हुनेखाने भएका दलित र गरिब दलित । राजनैतिक कारणले अघि वढेकाको जीवन शैली पुरै परिवर्तन भएको छ तर दलितको पुस्तैनी सिप वोकेकाहरुको अवस्था दयनीय नै छ ।’
डडेल्धुरामा पुस्तैनी सिपलाई प्रयोग गरेर राम्रो कमाई गरिरहेका महादेव लुहार राज्यको स्रोत दलितको पुस्तैनी सिपलाई आधुनिकीकरण गरेर समृद्ध वनाउने तिर लक्षित नभएको बताउँछन् । मान्छेले मान्छेलाई छुन हुंदैन भन्ने मान्यता परिवर्तन हुनु बाहेक दलित समुदायको जीवन स्तरमा आमुल परिवर्तन हुने गरि राज्यका नीति तल्लो तहसम्म पुग्न नसकेको उनको गुनासो छ ।
‘छुवाछुत हट्ने वित्तिकै दलितका समस्या समाधान भए भन्ने मानसिकताबाट राज्य र नीति निर्माणतहमा रहेकाहरुको बुझाई गलत हो’ महादेव भन्छन् ‘दुइ युगको स्मरण बोकेर बाँचिरहेकाहरुको परिवारको आर्थिक अवस्था पहिले भन्दा कति फरक भयो त्यो ठूलो कुरा हो ।’ 
शताब्दी नाघेका कालु टमटा हुन् या ५० नाघेका महादेव लुहार को आर्थिक शैक्षिक सामाजिक स्थितिमा आएको भिन्नताले परिवर्तन देखाउने हो उनले भने ‘जो अहिले पनि धेरै परिवर्तन भएको स्थिति छैन ।’ 
अहिले पनि विद्यालय उमेरका बालबालिका कति वाहिर छन ? माध्यामिक तहसम्म दलितका वालवालिका कति पुग्छन ? उच्च शिक्षासम्म पुग्ने दलित वालवालिकाको संख्या कति छ ? सुदूरपश्चिममा मात्र शिक्षक भएका दलित कति छन ? लोकसेवावाट आएका कर्मचारी कति छन ? स्थानीयतहमा दलित समुदायवाट कति कर्मचारी छन ? सामजिक महत्वका संघसंस्थामा उनीहरुको नेतृत्व कति छ ?

वडा देखि संघिय सांसदसम्म उनीहरुको प्रतिनिधित्व कति छ ? प्राकृतिक साधन स्रोत जल जमिन र जंगलमा उनको स्वामित्वको अवस्था के छ ? 
सुदूरपश्चिममा दलितको अवस्था र स्थिति इतिहास र वर्तमान बिषयमा कुमाउँ विश्वविद्यालयबाट विद्यावारिधि गरिरहेका निराजन विश्वकर्मा भन्छन् ‘गणतन्त्र पछि जातीय विभेद सामाजिक रुपमा कम भयो तर दलितहरुको आर्थिक राजनैतिक र समाजिक बिभेदमा धेरै परिवर्तन आउन सकेको छैन ।’ 
सुदूरका पहाडी जिल्लामा एउटा पालिकामा मुश्किलले एकजना दलित शिक्षक भेट्टाउन गाहे छ । निजामति सेवामा जिल्लामै दुइचार जना भेटिने अवस्था छ उनले भने ‘माध्यामिक तह र उच्च शिक्षा अध्ययन गर्ने बालबालिकाको संख्या पनि नगण्य छ ।

प्राबिधिक सिपको आधुनीकिकरण गर्ने योजना कागजमा मात्र सिमिति छन ।’ दलितका लागि परिस्थिति सहज भयो तर अवस्थामा धेरै परिवर्तन आउन सकेको छैन उनले भने ‘कानुन वन्यो तर राज्यको मानसिकता परिवर्तन हुन सकेको छैन ।’ 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update