Paschim Express
कैलालीको टीकापुरमा परीक्षण उडान

कैलाली । २७ वर्षदेखि बन्द रहेको कर्णाली नदी छेवैको कैलालीको टीकापुर विमानस्थलमा पुनः परीक्षण उडान गरिएको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले टीकापुरमा परीक्षण उडान गरेको हाे ।

नेपाल एयरलाइन्सको परीक्षण उडानमा नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूल, क्याप्टेन महेश विष्ट, उज्जवल सिलवाल, इन्जिनियर सम्राट प्रधान लगायतका प्राविधिक टीकापुर विमानस्थलमा अवतरण भएका छन् ।  पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी पनि टीकापुरमा छन् ।

टीकापुरबाट तत्कालीन अवस्थामा अछामको साँफेबगर, जुम्ला, काठमाडौं, धनगढी, नेपालगञ्जमा हवाइ उडान हुने गरेको थियो । टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले संघीय सरकारले जहाजको व्यवस्था गर्नुपर्ने र यहाँका जनताको माग पूरा गर्नुपर्ने बताए ।

समुद्रि सतहबाट २ सय ४३ मिटर उचाइमा रहेको टीकापुर विमानस्थलको धावनमार्गको लम्बाई ५ सय ७३ मिटर रहेको छ ।

माओवादी विद्रोह सुरु भएपछी ०५४ सालपछि टीकापुरमा उडान रोकिएको थियो । त्यसअघि त्यहा नेपाल वायुसेवा निगमको १९ सिटको ट्विनअटरले अछामको साँफेबगरबाट उडान गर्थ्यो ।

 

 

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १६:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update