डडेल्धुरा । सुदूरपश्चिमको आर्थिक मामिला मन्त्रालयले लेखा समूहका कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले प्रशासन सेवा लेखा समूहका अधिकृत र सहायकस्तर पाँचौँ र चौथो तहका ४९ जना कर्मचारीको सरुवा गरेको हो ।
मन्त्रालयले ३७ जना लेखा अधिकृतहरूको सरुवा गरेको छ । जसमध्ये ११ जना सातौँ तहका लेखा अधिकृतको सरुवा भएको छ भने बाँकी छैटौँ तहका रहेका छन् ।
यस्तै, लेखा समूहका १२ जना सहायक स्तरका कर्मचारीको सरुवा भएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१ ०७:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय