Paschim Express
भोलि डडेल्धुरा र डोटीका यी स्थानमा जाने छ बत्ती

डडेल्धुरा । भोलि(शनिबार) डडेल्धुराका विभिन्न स्थानमा विद्यृत सेवा अवरुद्ध हुने बताइएको छ । ब्रेकर प्यानल बदली तथा मर्मत गर्नुपर्ने भएकाले बुडर शवस्टेशन अन्तर्गत जोगबुढा फिडर र जोराइल फिडरका लाइन अवरुद्ध हुने  विद्युत प्राधिकरण डडेल्धुराले जनाएको छ । 

दुवै फिडरबाट सञ्चालित लाइन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म अवरुद्ध बन्दा बुडर, जोरायल, गैरा, आलिताल र जोगबुढामा बत्ती जाने प्राधिकरणले जनाएका छ । 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  २०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update