बाजुरा । जिल्ला अस्पताल बाजुरामा अक्सिजन अभाव भएकाे छ । अस्पतालमा रहेको अक्सिजन प्लान्टमा समस्या आएपछि अक्सिजन अभाव भएकाे हाे ।
अक्सिजन प्लान्टमा समस्या आएपछि दुई महिनादेखि अक्सिजन अभाव भएको अस्पतालले जनाएकाे छ ।
भदौ महिनामा अस्पतालमा रहेकाे अक्सिजन प्लान्ट मेसिन बिग्रिएपछि असोज २० गते मर्मत गरेर अक्सिजन सेवा पुनः सुरु गरेपनि २ दिनपछि फेरि समस्या आएर करिब २ महिनादेखि अक्सिजन अभाव भएको अस्पतालले जनाएको छ ।
अक्सिजन प्लान्टमा खरावी आएपछि जिल्ला अस्पतालमा रहेका अक्सिजन सिलिण्डरहरु रित्तिएका छन् । अस्पतालका सूचना अधिकारी नृपराज गिरीले अक्सिजन प्लान्ट मर्मतका लागि कम्पनीलाई भनिसकेको र त्यसका पाटपुर्जा नेपालमा नपाइने भएकाले समय लागेकाे बताए ।
उनले पाटपुर्जा चिनबाट माग गरिएकाले अवको एक हप्तामा जिल्लामा पुगेर मर्मत भएर संचालनमा आउने बताए ।
उनका अनुसार चिनबाट साम्रगी ल्याउनुपर्दा मर्मतमा ढिलाई भएको हाे ।