Paschim Express
बैतडीमा एकै अधिकृतलाई तीन पालिकाको जिम्मेवारी

बैतडी । बैतडीको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीलाई तेहरो भूमिका दिइएको छ । सिगास गाउँपालिकाको पनि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएका अवस्थीलाई डिलासैनी गाउँपालिकाको पनि जिम्मेवारी दिइएको छ ।

शुक्रबार मन्त्रालयले पठाएको पत्रमा अवस्थीलाई सुर्नया गाउँपालिकाको कामकाजमा बाधा नपर्ने गरी प्रमुख प्रशासकीय अधिकृत हाजिर नहुँदासम्म डिलाशैनी गाउँपालिकाको आर्थिक तथा प्रशासनिक कार्यसहितको जिम्मेवारी दिएको उल्लेख गरिएको छ ।

बैतडीका गाउँपालिकाहरुमा भदौमा खटाएका नयाँ प्रमुख प्रशासकीय अधिकृतहरुको २० दिन नपुग्दै सरुवा गरेपछि अहिले पालिकाहरु प्रमुख प्रशासकीय अधिकृत विहिन भएका छन् ।

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  ०७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update