Paschim Express
बाख्रा चोरी गरेको निहुँमा कैलालीका सुरेशको हत्या

कैलाली । कैलालीमा बाख्रा चोरी गरेको निहुँमा कुटीकुटी एक युवककाे हत्या गरिएकाे छ । जिल्लाको गौरीगंगा नगरपालिका–११ को कान्तिपुरका ३० वर्षीय सुरेश भुलको कुटपिट गरि हत्या भएको प्रहरीले जनाएको छ ।

बाख्रा चोरी गरेको निहुँमा भुलमाथि शनिबार राति कुटपिट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले  बता ए। कुटपिटबाट घाइते भएको भुलको सोमबार बिहान धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।

उनकाअनुसार भुलमाथि कुटपिट गर्ने गौरीगंगा–११ कान्तिपुरकी ३४ वर्षीया रामा रावलसहित पाँच जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा ३४ वर्षीया रमा रावल, ६५ वर्षीय जंग भुल, १८ वर्षीय किशाेर, २३ वर्षीय विशाल विक र ३० वर्षीय धर्म विक रहेको डीएसपी बोहराले बताए ।

उनीहरुलाई सोमबार बिहान इलाका प्रहरी कार्यालय मसुरियाको टोलीले पक्राउ गरेको हो । उनीहरुमाथि इलाका प्रहरी कार्यालय मालाखेतीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  ११:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update