Paschim Express
डडेल्धुरा सदरमुकामका घर टहरा डोजर लगाएर हटाइने

डडेल्धुरा । डडेल्धुरा सदरमुकामका घर टहरा हटाइने भएको छ । सरकारी तथा ऐलानी जग्गा कब्जा गरेर निर्माण गरिएको घर तथा टहरा हटाउन डोजर चलाउन लागिएको हो । अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनीकरण दिवसका अवसरमा सदरमुकाममा आयोजित कार्यक्रममा अमरगढी गरपालिकाका मेयर डिल्लीराज जोशीले दसैं लगत्तै घर टहरा हटाउने बताए ।

अनधिकृत रूपमा निर्माण गरिएका घरटहरा र कब्जा गरिएको जमिन व्यक्तिगत स्वामित्वबाट मुक्त गराउन डोजर चलाउन नगरपालिका बाध्य भएको नगरप्रमुख जोशीको भनाइ छ । ‘नगरपालिकाले मौखिक र सूचना जारी गरेर सदरमुकामवासीलाई पटकपटक अनुरोध गर्दा पनि हटाउनु भएन । अब बाध्य भएर कानुन अनुसार डोजर चलाउन लागिएको छु’ उनले भने ।

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update