डडेल्धुरा । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा डडेल्धुरा आउने भएकी छिन् । उनी शुक्रबार डडेल्धुरा पुग्ने कार्यक्रम रहेको नेपाली काँग्रेस डडेल्धुराले जनाएको छ ।
कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँदले विज्ञप्ति निकालेर पार्टीका नेता कार्यकर्तालाई स्वागतमा उपस्थित हुन निर्देशन आग्रह गरेका हुन् ।
शुक्रबार दिउँसो ३ः३० बजे डडेल्धुरा बसपार्कमा फूलमालासहित स्वागतका लागि उपस्थित हुन साउँदले एक विज्ञप्तिमार्फत् आग्रह गरेका छन् ।
‘महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, प्रदेश सभा क्षेत्रीय कार्यसमितिहरू, पालिका कार्यसमितिहरू, वडा कार्यसमितिहरु, टोल कार्यसमितिहरु, भातृ तथा शुभेच्छुक संघ संस्थाका सम्पूर्ण कार्यसमितिहरु, क्षेत्रीय प्रतिनिधिहरु, क्रियाशिल सदस्यहरु, उद्योगी व्यापारीहरु तथा नेपाली कांग्रेसप्रति आस्थावान सम्पूर्ण महानुभावहरुलाई डडेल्धुरा बसपार्कमा फूलमालासहित उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं,’ साउदद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।