Paschim Express
'पश्चिम सेती जलविद्युत् आयोजना बन्ने भइसकेको छ, पुइलेकमा एयरपोर्ट बनाउन डिटेल सर्भे गरिने छ'

डडेल्धुरा । गृह जिल्ला डडेल्धुरामा रहेका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत् आयोजना बन्ने भइसकेको बताएका छन् ।  भारतले पश्चिम सेती बनाउन लागेको उल्लेख गर्दै उनले साे योजना बने राम्रो हुने बताए ।  'पश्चिम सेती अब इन्डियाले बनाइदिने भन्या छ, त्यो धेरै राम्रो हो।  करिब करिब बन्ने भइसकेको छ। पश्चिम सेती बन्यो भने त हामीलाई सजिलो हुन्छ '  उनले भने ।

बुधबार नवदुर्गा गाउँपालिका–१, चौरा र भागेश्वर गाउँपालिका–४, बगरकोट पुगेका देउवाले ग्रामिण क्षेत्रमा सडकहरू  भएपछि निकै सहज भएको बता ए। देउवाले भने, 'प्रजातन्त्रका लागि लड्दा, भनौँ २०४८ सालको चुनावमा म उम्मेदवार हुँदा हिँडेरै सबैको घरघर पुगेको हुँ । धेरैलाई चिन्थेँ । अहिले त गाउँमा कोही रहेनन्। त्यो बेला गाउँमा रेडियो पनि कोही कोहीसँग मात्रै हुन्थ्यो । खानेपानीको साह्रै समस्या थियो। ओहो ! अहिले त धेरै गाउँमा खानेपानी, सडक पुगेको छ । सञ्चार जगतकाे विकास भएको छ। अझै सडक चौडा पारेर कालोपत्रे गर्छु ।'

यस्तै देउवाले अजयमेरु गाउँपालिका–१, पुइलेकमा हवाई मैदान निर्माणका लागि सम्भाव्यता सर्भे भएको र अब ‘डिटेल सर्भे, डिटेल डिजाइनिङ’ गरिने बताए । यी दुई वटै सर्भे भएपछि बजेट ल्याउने उनले बताए । पछिल्लो एक दशकमा डडेल्धुरामा एक दर्जन पक्की पुल निर्माण भएसँगै स्थानीयलाई निकै सहज भएको उनले बताए ।    

त्यसैगरी देउवाले बालकल्याण मावि अजयमेरू –१ पुईलेकमा कृषि विषयमा स्नातक अध्यापनका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १४:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update