Paschim Express
विमानस्थल बन्ने भनिएको पुइलेक डाँडाको निरीक्षण गर्न पुगे देउवा

डडेल्धुरा । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विमानस्थलका लागि प्रस्तावित अजयमेरु गाउँपालिका– १ पुइलेक डाँडामा पुगेका छन् ।  

गृहजिल्लामा रहेका देउवा बिहीबार  विमानस्थल बनाइने भनिएको सो ठाउँको निरीक्षका लागि पुगेका हुन् । निरीक्षणपछि उनले हवाई मैदान निर्माणका लागि सम्भाव्यता सर्भे भएको र अब ‘डिटेल सर्भे, डिटेल डिजाइनिङ’ गरिने बताएका छन् । यी दुई वटै सर्भे भएपछि बजेट ल्याउने उनले बताए । उनले उक्त स्थान विमानस्थलका लागि उपयुक्त रहेको समेत बताएका छन् । 

462579849_911292400961541_3774902582292270061_n-1731579332.jpg
 

२०७६ मा  विमानस्थल निर्माणका लागि उक्त स्थान छनोट गरिएको थियो । नागरिक उड्‌डयन प्राधिकरणको टोलीले  स्थलगत अध्ययनका अधारमा साविक समैजी गाविसको पुइलेकदेखि वयलडाँडासम्मको क्षेत्र उपयुक्त हुने बताएको थियो । त्यसपछि विमानस्थल निर्माणका लागि सर्वेक्षण भएको थियो । 

डोटी, दार्चुला, बैतडी, बझाङको केन्द्रविन्दु भएकै कारण डडेलधुरामा विमानस्थल सञ्चालनमा आए सुदूरपश्चिमको दुर्गमका बासिन्दाले यातायातमा राहत हुने विश्वास लिएका छन् ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १६:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update