Paschim Express
देहीजाँत सम्पन्न

डडेल्धुरा । ‘देहिजात’ नामले परिचित सुदूरपश्चिमको उग्रतारा भगवती मेला सम्पन्न भएको छ । शुक्रबार साँझदेखि सुरु भएको मेला शनिबार बेलुकी सम्पन्न भएको हो । 

received_497541279991245-1731753819.jpeg
 

हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात र प्रतिपदाको दिन मेला लाग्छ । राति लाग्ने मेलालाई ‘रतेडी’ र प्रतिपदाको दिन लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ। खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि दिउसेडी मेला सुरु भएको थियो ।

देहिजातको रूपमा मानिने उग्रतारा भगवती मेला भर्न सुदूरपश्चिम, कर्णाली प्रदेश तथा छिमेकी देश भारतबाट समेत श्रद्धालु आएको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताए । ‘यो वर्ष पनि हजारौंको संख्यामा श्रद्धालु भक्तजनले मेला भरे’, उनले भने ।

received_1264745667989782-1731753853.jpeg
 

अमरगढी नगरपालिका–८ को दशरथचन्द राजमार्गसँगै सुन्दर डाँडामा महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिर अवस्थित छ ।

वर्षमा एक पटक लाग्ने मेलामा उग्रतारा माताको दर्शन गरेमा दैवीप्रकोप नहुने, सुख प्राप्ति, मनोकामना पूरा हुने, शरीरको रक्षा गर्ने र परिवारले सुख पाउने जनविश्वास रहेको छ ।

received_904721128292093-1731753676.jpeg
 

यसपटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी परराष्ट्र मन्त्री आरजु राणा देउवा पनि मेलामा सहभागी भएका थिए ।

प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update